काठमाडौं । जापान सरकारले कागेश्वरी मनोहरा नगरपालिकाको लागि अग्निनियन्त्रण यन्त्र दमकल सहयोग गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको जनसुरक्षा र आपतकालीन सेवा सुदृढीकरणका लागि नेपालस्थित जापान दूतावासले अत्याधुनिक अग्निनियन्त्रण सवारी दमकल सहयोग गरेको नगर प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष हरिभक्त पुडासैनीले बताउनु भयो ।
नगरपालिकाको विशेष पहल तथा भोलुण्टर क्रप्स नेपालका अध्यक्ष दीपक चापागाईंको नेतृत्वमा दकमलका लागि पहल अघि बढेको थियो । जापान सरकारले कागेश्वरी–मनोहरा लगायत १२ नगरपालिकालाई वारुण यन्त्र (दमकल) दिएको छ ।
यसैगरी, नगर प्रमुख उपेन्द्र कार्कीले दमकल सहयोग गरेकोमा नगर परिवारको तर्फबाट जापान सरकार र नेपालस्थित जापान दूतावासप्रति आभार प्रकट गर्नु भएको छ । नगर प्रमुख कार्कीले यो साझेदारीले नेपाल–जापानबीचको जनस्तरीय मित्रता र आपसी सहयोगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नु भयो ।
त्यसैगरी, यस परियोजनाको सफल कार्यान्वयनमा पु¥याउनुभएको एआरएफएफ तथा नेपाल रेस्क्यु एण्ड फायरफाइटर एशोसिएशन नेपालका अध्यक्ष मधुसुदन थापाले समेत रचनात्मक सहयोग गर्नु भएकोमा नगर प्रमुख कार्कीले धन्यवाद व्यक्त गर्नु भयो ।
प्रतिक्रिया