बुढानीलकण्ठमा जेन-जी आन्दोलनपछिको क्षति सम्बोधन बैठक सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०८२, शुक्रबार ०६:४७

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा जेनजीआन्दोलनका कारण भएको आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिसँग सम्बन्धित धनी र सरोकारवालाहरुसँगको महत्वपूर्ण बैठक स्थानीय कार्यालयमा सम्पन्न भएको छ।

आन्दोलनपछिको पुनर्निर्माण तथा क्षतिपूर्ति प्रक्रियालाई गति दिन यो बैठक आयोजना गरिएको थियो। बैठकमा घटनाबाट प्रभावित भएका नागरिकहरूले आफ्नो सम्पत्तिमा भएको आर्थिक तथा भौतिक क्षतिको विस्तृत तपसिल प्रस्तुत गरे।

यस अवसरमा नगर प्रमुख अधिकारीले प्रभावितहरूको समस्यासँग सहानुभूति जनाउँदै क्षतिपूर्ति तथा पुनर्निर्माणका लागि आवश्यक कदम चाल्न नगरपालिका संकल्पित रहेको बताए। उनले सरोकारवालाहरूसँगको छलफललाई सकारात्मक रूपमा लिँदै भविष्यमा यस्तो घटना दोहोरिन नदिन र सार्वजनिक सम्पत्तिको सुरक्षामा सहकार्य गर्न आह्वान गरे।

यो बैठक पश्चात् क्षतिग्रस्त सम्पत्तिको तीव्र मर्मतसम्भार र पुनर्निर्माणका लागि एक कार्ययोजना तयार गर्ने प्रक्रिया सुरु भएको छ।बैठकको दोस्रो महत्वपूर्ण निष्कर्षका रूपमा सार्वजनिक सम्पत्तिलाई जलाउने तथा नष्ट गर्ने अपराधिक कृयाकलापमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कानूनी कारबाही गर्ने निर्णय लिइएको छ।

नगर प्रमुख अधिकारीले सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको र यस्ता घटनाका अपराधीहरू पहिचान गरी कडा भन्दा कडा कारबाही गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। सार्वजनिक सम्पत्तिको सुरक्षा र कानूनको शासन कायम गर्न यस्तो कदम आवश्यक रहेको बताए।

प्रतिक्रिया

slot gacor