एमालेनिकट युवा संघ बालेनविरुद्ध उजुरी लिएर साइबर व्युरोमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०८२, शुक्रबार ०६:१९

काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपाल काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध उजुरी लिएर साइबर ब्युरोमा पुगेको छ । सामाजिक सञ्जालमा बालेनले लेखेको एउटा स्टाटसलाई लिएर युवा संघले उजुरी दिन लागेको हो । उजुरीका लागि युवा संघका उपाध्यक्ष महाराज गुरुङसहितका नेता तथा कार्यकर्ताहरु व्यूरोको कार्यालय भोटाहिटी पुगेको हो ।

बालेनले सामाजिक सञ्जालमा स्टाटस हालेर राजनीतिक दलको मानमर्दन गरेको र मित्र राष्ट्रहरुलाई समेत अपमानित गरेको भन्दै उनीविरुद्ध विद्युतीय अपराधअन्तर्गतको कारबाहीको माग गरिएको छ ।

बालेनले केही दिनअघि मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा अश्लिले शब्द प्रयोग गरी गालीगलौज गरेका थिए । उनले उत्त स्टाटस केही मिनेटमै हटाएका थिए । सो स्टाटसलाई लिएर बालेनको निकै आलोचना भइरहेको छ ।

प्रतिक्रिया