रामेछापमा घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०८२, मंगलवार ०६:२२

रामेछाप । रामेछापमा घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा शनिवार बारीको कान्लाबाट लडेकी रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापकी ७२ वर्षीय पोक्चीमाया मगर उपचारको क्रममा सोमबार निधन भएको हो ।

मगरको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागि रामेछाप अस्पताल ल्याइएको थियो । रामेछाप अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा सोमबार निधन भएको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

slot gacor