छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने बालेनको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८२, मंगलवार ०५:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र शाहले यथाशीघ्र विवरण बुझाउन आग्रह गरेका छन् । उनले यो वर्ष २० हजार भन्दा धेरै विद्यार्थीले छात्रवृति पाएको पनि उल्लेख गरेका छन्् । कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोश्रो वर्ष १९ हजार र यो वर्ष जम्मा २० हजार २ सय ८२ जनाले करिब २ अर्ब २५ करोड बराबरको छात्रवृति पाएको बालेनको दाबी छ ।

शैक्षिक सत्र २०८२ मा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४ सय ४० पुगेको को र केही विद्यालयले हालसम्म विवरण बुझाएको उनले उल्लेख गरेका छन् । ‘उहाँहरुलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्छौं । विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ । प्राप्त भएको विवरणको पनि हामी अनुगमन गर्नेछौं । फरक पाइएमा कानुनबमोजिम कारबाही हुनेछ। कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं,’– बालेनले भनेका छन् ।

कक्षा ११ को छात्रवृति केन्द्रिकृत प्रणालीबाट र कक्षा १–१० को लागि ऐन को दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट बिद्यालय व्यवस्थापन समितिले वितरण गरेअनुसार प्राप्त भएको विवरण रहेको पनि उनले बताएका छन् । सबै विवरण कानुनअनुसार हामीले वेबसाइटमा सार्वजनिक गरिएको र केही अस्वाभाविक देखेको खण्डमा महानगर शिक्षा विभागमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया