भाटभटेनीमा कसैको जागिर नगुम्ने, दसैँ भत्ता पनि दिइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०८२, आईतवार ०६:१६

काठमाडौँ । गत भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति बेहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीहरूको जागिर नगुम्ने र उनीहरूलाई दसैँ भत्ता समेत दिने घोषणा गरेको छ।

देशभरका २८ मध्ये २२ वटा शाखामा भएको आक्रमणबाट १२ वटा शाखा तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन्। यीमध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध-चुच्चेपाटी, कोटेश्वर र बालुवाटारका पाँच शाखा तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सात शाखा पुनर्निर्माणपछि मात्र खुल्नेछन्।

गुरुङले भने, ‘हामी खरानीबाटै भए पनि माथि उठ्छौँ, हाम्रा सबै स्टोरहरू खडा गरेरै छाड्छौँ। हामीसँग जोडिएका कसैको रोजीरोटी गुम्न दिँदैनौँ। स्टोरहरू सञ्चालनमा नआउन्जेल पनि उहाँहरूको रोजगारी गुम्दैन। ऋण नै गरेर पनि दसैँ मनाउने व्यवस्था पनि गर्छौँ।’

भाटभटेनीमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन्। कम्पनीले सञ्चालनमा रहेका अन्य स्टोरहरूमा काम मिलाएर उनीहरूको रोजगारी सुनिश्चित गर्ने जनाएको छ। गत आर्थिक वर्षमा भाटभटेनीले २७ अर्ब रुपैयाँ बराबरको बिक्री गरेको थियो।

प्रतिक्रिया