गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति सुनाकोठीका सुरज खत्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०८२, बिहीबार ०६:४४

काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान भएको छ ।

जलेको अवस्थामा मृत भेटिका व्यक्ति सुरज खत्री रहेको बताइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री हुन् ।

जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

जेनजी प्रदर्शन उग्र बनेपछि मंगलबार दाहालको घरमा आगजनी भएको थियो ।

प्रतिक्रिया

slot gacor