काठमाडौँ । पत्रकार मुकुन्द ढुंगानाले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै ढुंगानाले सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्ने बताएका छन् ।
ढुंगानाले नेपाली नागरिकहरू चुप लागेर नबस्ने बताउदै हाम्रो अधिकारलाई कसैले रोक्न नसक्ने बताएका हुन् । उनले भनेका छन्- सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन ।
हाम्रो आवाज दबिँदैन ।
प्रतिक्रिया