चौधरी फार्मले अस्टिनमा विस्तार गर्‍यो सेवा, नेपाली समुदायलाई ताजा मासु र कृषि उत्पादन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०८३, मंगलवार ०६:४७

ड्यालस, टेक्सस । टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायबीच लोकप्रिय बनेको चौधरी फार्मले आफ्नो सेवा टेक्ससको राजधानी अस्टिनसम्म विस्तार गरेको छ। अस्टिन र आसपासका क्षेत्रमा बढ्दै गएको नेपाली समुदायलाई लक्षित गर्दै फार्मले नयाँ शाखामार्फत सेवा सुरु गर्न लागेको हो।

फार्मका सञ्चालकमध्येका एक अनिल पाण्डेका अनुसार अस्टिन क्षेत्रमा लामो समयदेखि नेपाली समुदायबाट सेवा विस्तारको माग हुँदै आएको थियो। सोही आवश्यकतालाई ध्यानमा राख्दै अस्टिनमा शाखा स्थापना गरिएको उनले बताए।

“ड्यालस–फोर्टवर्थ क्षेत्रमा जस्तै अस्टिनमा पनि नेपाली समुदायलाई ताजा र गुणस्तरीय उत्पादन सहज रूपमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो,” पाण्डेले भने, “लामो दूरी तय गरेर ड्यालस आउनुपर्ने बाध्यता हटाउन अस्टिनमै सेवा विस्तार गरेका हौँ।”

उनका अनुसार अस्टिन शाखाबाट ताजा खसीको मासु, कुखुराको मासु, अण्डा तथा अन्य कृषि उत्पादन गुणस्तरीय र सहुलियत मूल्यमा उपलब्ध गराइनेछ।

फार्मको नयाँ शाखा 7035 CR-211, Florence, Texas 76527 मा सञ्चालनमा आएको छ। औपचारिक सेवा सुरु हुनुअघि बुधबार आयोजित ‘Meet and Greet’ तथा स्वागत कार्यक्रममा नेपाली समुदायका व्यवसायी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले फार्मको अवलोकन गर्नुका साथै उपलब्ध हुने सेवा तथा उत्पादनबारे जानकारी लिएका थिए। अस्टिन क्षेत्रमा ताजा खसी तथा कुखुराको मासु, अण्डा र अन्य कृषि उत्पादन सहज रूपमा उपलब्ध हुने भएपछि स्थानीय नेपाली समुदायले खुसी व्यक्त गरेका थिए।

व्यवसायी बिक्रम चौधरीले सन् २०२० मा स्थापना गरेको चौधरी फार्मले सन् २०२२ देखि ड्यालस–फोर्टवर्थ क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। छोटो समयमै नेपाली समुदायको विश्वास जित्न सफल फार्मले अब अस्टिन क्षेत्रमा पनि सेवा विस्तार गरी गुणस्तरीय उत्पादन उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

“हामीले ड्यालस–फोर्टवर्थमा ग्राहकको विश्वास र मायाबाट अघि बढ्ने अवसर पाएका छौँ,” पाण्डेले भने, “अस्टिनमा पनि त्यही विश्वास कायम राख्दै ग्राहकको आवश्यकता र मागअनुसार सेवा तथा उत्पादन विस्तार गर्नेछौँ।”

आगामी दिनमा ग्राहकको आवश्यकता र मागअनुसार थप कृषि तथा पशुपालनसम्बन्धी उत्पादन तथा सेवाहरू विस्तार गर्ने योजना रहेको पाण्डेले जानकारी दिए।

चौधरी फार्मले बिहीबारदेखि अस्टिन शाखाबाट औपचारिक रूपमा सेवा सुरु गर्ने जनाएको छ। नयाँ शाखा सञ्चालनसँगै टेक्ससमा नेपाली समुदायको उद्यमशीलता र व्यवसाय विस्तारले थप गति लिने स्थानीय समुदायको विश्वास छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor