गोकर्णेश्वर–४ मा आज विद्यार्थी उत्प्रेरणा तथा व्यक्तित्व विकास कार्यक्रम हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८३, शुक्रबार ०७:०४

काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा आज विद्यार्थी उत्प्रेरणा तथा व्यक्तित्व विकास कार्यक्रम सञ्चालन हुँदैछ। गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को आयोजनामा तथा शुभम मल्टिमिडिया प्रा.लि.को सहजीकरणमा श्री सहयोगी माध्यमिक विद्यालयमा कार्यक्रम हुन लागेको हो।

विद्यार्थीमा आत्मविश्वास, सकारात्मक सोच, नेतृत्व क्षमता, अनुशासन र व्यक्तित्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमबारे वडा अध्यक्ष जयराम महतले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको व्यवहार, सोच र नेतृत्व क्षमताको विकास पनि उत्तिकै आवश्यक रहेको बताए। उनले यस्ता उत्प्रेरणामूलक कार्यक्रमले विद्यार्थीलाई आफ्नो लक्ष्य पहिचान गर्न, आत्मविश्वास बढाउन र भविष्यप्रति जिम्मेवार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, शिक्षा प्रमुख वीरबहादुर खड्काले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकमा आधारित शिक्षासँगै जीवनोपयोगी सीप, सकारात्मक सोच र व्यवहारिक ज्ञान पनि महत्वपूर्ण रहेको बताए। उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई उत्प्रेरित गर्दै उनीहरूको प्रतिभा र क्षमता विकासमा जोड दिनुपर्ने धारणा राखे।

शुभम मल्टिमिडिया प्रा.लि.को सहजीकरणमा सञ्चालन हुने कार्यक्रममा विद्यार्थीलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, लक्ष्य निर्धारण र सफलताका लागि आवश्यक सकारात्मक सोचका विषयमा सहजीकरण गरिनेछ।

नगरपालिकाले विद्यालयस्तरमा विद्यार्थीको क्षमता अभिवृद्धि र सर्वाङ्गीण विकासलाई लक्षित गर्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor