काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले बागमती विश्वविद्यालयसँगको सम्झौताअनुसार एमबीए (MBA) अध्ययन गर्न इच्छुक नगरका स्थायी बासिन्दाका लागि छात्रवृत्ति आवेदन आह्वान गरेको छ।
नगर कार्यपालिकाको कार्यालय, जोरपाटीले जारी गरेको सूचनाअनुसार बागमती विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टअन्तर्गत यसै शैक्षिक सत्रदेखि काठमाडौंको कुलेश्वरस्थित श्री जनमैत्री क्याम्पसमा सञ्चालन हुने एमबीए कार्यक्रममा भर्ना भई अध्ययन गर्न चाहने नगरवासीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार इच्छुक आवेदकले आवश्यक कागजातसहित कार्यालय समयभित्र आवेदन पेस गर्नुपर्नेछ।
आवेदनका लागि आवश्यक कागजातहरू :
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका वीरबहादुर खड्काले छात्रवृत्तिसम्बन्धी सम्झौता कार्यान्वयन गर्दै नगरवासीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न आवेदन आह्वान गरिएको जानकारी दिएका छन्। उनले आवश्यक योग्यता पुगेका इच्छुक नागरिकलाई तोकिएको प्रक्रिया पूरा गरी समयमै आवेदन दिन आग्रह गरेका छन्।
नगरपालिकाले विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन गरेको यस कार्यक्रमले नगरका स्थायी बासिन्दालाई व्यवस्थापन क्षेत्रमा उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया