पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, मोरङ सीमाबाट नियन्त्रणमा लिएको सीआईबीको पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८३, शुक्रबार ०५:५६

काठमाडौं। पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले औपचारिक रूपमा सार्वजनिक गरेको छ।

सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिमा अर्याललाई मोरङको सीमाक्षेत्रबाट पक्राउ गरिएको उल्लेख छ। स्रोतका अनुसार उनलाई भारतबाटै पक्राउ गरी नेपाल ल्याइएको हो।

मलेसिया जाने नेपाली कामदारलाई ठगी गर्ने कम्पनीलाई श्रमसचिव रहेका बेला सघाएको आरोप अर्यालमाथि लागेको छ। यही प्रकरणमा यसअघि दुई पूर्वमन्त्रीसमेत पक्राउ परिसकेका छन्।

अर्यालमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor