सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन राष्ट्रिय अनलाइन पत्रकार संघको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०८२, शुक्रबार ०५:४६

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। संघका अध्यक्ष मुकुन्द ढुंगानाले  नेपालमा  दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखि नै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति संघले असहमति जनाएको  छ ।

अध्यक्ष मुकुन्द ढुंगानाले भन्नुभयो  कुनै विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हकसमेत प्रभावित हुनसक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा संघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्नेगरि कुनैपनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार गर्न नसकिने संघले जनाएको छ ।

प्रतिक्रिया