निजी विद्यालय सञ्चालकहरूले चक्रपथमा स्कुल बससहित र्‍याली निकाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८२, मंगलवार ०६:०७

काठमाडौँ | निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।

यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन्। चक्रपथको एक लेनमा निजी विद्यालयहरुका पहेँला बसहरु लस्कर लागेका छन् । उनीहरुको प्रदर्शनले कुनै कुनै ठाउँमा अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।

प्रतिक्रिया