काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा -८ मा गोल्फुटार सेमी इन्डोर बास्केटबल कोर्ट उद्घाटन भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -८ का अध्यक्ष सुमन तामाङको अध्यक्षता तथा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सो कोर्टको इतिहास र वर्तमान अव्सथाका बारेमा जानकारी प्रदान गरिएको थियो।
सो समारोहमा बोल्दै प्रमुख अतिथि अधिकारीले स्थान उपलब्ध भएका वडाहरुमा विशेष खेलकुद पुर्वाधार निर्माण गर्ने अभियानमा रहेको बताउदै अब शिक्षा र खेलकुदमा नगरलाई अब्बल बनाउने प्रतिवद्दत्ता व्यक्त गरेका थिए।
अबका दिनमा आफ्नो ध्यान सुवर्ण सम्शेर क्रीकेट मैदान निर्माणमा केन्द्रित हुने बताउदै उनले अन्तरास्ट्रीय प्रतियोगितामा संवरण पदक ल्याउने खेलाडीहरुलाई ५ लाख सम्मको नगद पुरस्कार प्रदान गर्ने जानकारी समेत गराएका थिए ।
नगर उपप्रमुख अनिता लामा,नगर प्रवक्ता तथा वडा -१० का अध्यक्ष नवराज भट्टराई,वडा वडा -१ का अध्यक्ष सुरेन्द्र लामा, वडा -२ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा ३ का अध्यक्ष आकाश धिताल, वडा -४ का अध्यक्ष श्रीराम केसी, वडा -६ का अध्यक्ष रवी खड्का,वडा -११ का अध्यक्ष राजु अधिकारी , वडा -१२ का अध्यक्ष शम्भु भट्टराई , नगर कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनी , नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदीप डङोल , बुढानिलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष विदुर विक्रम खड्का , प्रसासन शाखा प्रमुख महेस प्रसाद पाठकको उपस्थिति रहेको उक्त उद्घाटन समारोहमा विभिन्न डोजाङका खेलाडीहरुले डेमोनस्ट्रेसन समेत गरेका थिए ।
वडा -८ कि सचिव कविता चौहानले स्वागत मन्तव्य राखेको सो उद्घाटन समारोहमा वडा सदस्यहरु बिनोद थापा, मैना पराजुली , गोमा मग्राती सहित खेलाडी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिकालाई खेलकुदको केन्द्र बनाउने उदेश्य राखेर पुर्वाधार निर्माणमा विशेष जोड डिएका नगर खेलकुद बोर्डका संयोजक समेत रहेका अध्यक्ष सुमन तामाङले सो कोर्ट निर्माणले आगामी दिनमा रास्ट्रीय तथा अन्तरास्ट्रीय प्रतियोगिता आयोजनाको मार्ग खुलेको बताएका थिए।

प्रतिक्रिया