काठमाडौं । जाजरकोट भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा नगरपालिकाका ६ जना कर्मचारी र ठेकेदार कम्पनीका दुईजना गरी आठजनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्दा दायर हुनेमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा रहेका छन् ।
यसैगरी मुद्दामा ठेकेदार गंगा कुमारी खड्का र चित्रबहादुर बोहरालाई प्रतिवादी बनाइएको छ । आयोगले उनीहरूविरुद्ध ३६ लाख २० हजार ५७८ रुपैयाँ विगो माग गर्दै मुद्दा दायर गरेको हो ।
उनीहरूले आर्थिक वर्ष २०८०÷०८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६,९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुन विपरीतको कार्य गरी अनियमितता गरेको अख्तियारको ठहर छ ।
यस्तो छ अख्तियारले दायर गरेको आरोपपत्र-


प्रतिक्रिया