मेरो फोन नामक मोबाइल पसलको भव्य रूपमा उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०८२, सोमबार १६:३०

काठमाडौँ । काठमाडौँ सरस्वति नगर कपनमा मेरो फोन नामक मोबाइल पसलको भव्य रूपमा उद्घाटन गरिएको छ।  झन्डै १ करोड  रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त पसल २०८२ साल भाद्र  ९  गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

पसलमा सामसुङ, एप्पल,  ओप्पो, भिभो लगायतका प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका स्मार्टफोनहरू बिक्रीका लागि उपलब्ध छन्। साथै मोबाइल सम्बन्धी सामानहरू, मर्मत सेवा, मोबाइल बीमा तथा किस्ताबन्दी (साहुलियत किस्तामा खरिद) सुविधा पनि प्रदान गरिने सञ्चालक नबिन न्यौपानेले जानकारी दिनुभएको छ।

उद्घाटन समारोहमा व्यवसायी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटनको अवसरमा विशेष छुट तथा आकर्षक अफरहरू पनि सार्वजनिक गरिएको छ। सञ्चालक  नबिन न्यौपानेले  भन्नुभयो “हामीले काठमाडौँबासीलाई गुणस्तरीय सेवा र नयाँ प्रविधिको सहज पहुँच सुनिश्चित गराउने लक्ष्य लिएका छौँ।”

  

प्रतिक्रिया