काठमाडौं । रगत बिनाको शरीर मासु र हड्डीको फ्रेम मात्र हो। शरीरको सुचारु कार्यका लागि रगत चाहिन्छ। रगतको कमीले मानिसको जीवनलाई खतरामा पार्न सक्छ। रगतको आवश्यकता पर्दा समयमा रगत उपलब्ध गरा इएन भने मानिसको ज्यान समेत जान सक्छ ।
रक्तदानबाट रगतको कमी पूरा गरी जीवन बचाउन सकिन्छ । यही कारणले स्वस्थ व्यक्तिले खाँचोमा परेकाहरूलाई रक्तदान गर्न र जीवन बचाउन मानिसहरूलाई रक्तदानका लागि सचेत गराइन्छ।
विश्व रक्तदाता दिवस कहिले मनाइन्छ ?
विश्व रक्तदाता दिवस हरेक वर्ष जुन १४ मा मनाइन्छ । रक्तदाता भनेको त्यस्तो व्यक्ति हो जसले आफ्नो रगत खाँचोमा परेको व्यक्तिलाई दान गर्छ।
रक्तदाता दिवस कहिले मनाउन थालियो ?
विश्व स्वास्थ्य सङ्गठनले सन् २००४ देखि रक्तदाता दिवस मनाउन थालेको हो । त्यसयता हरेक वर्ष जुन १४ मा रक्तदाता दिवस मनाइँदै आएको छ ।
किन १४ जुनमा रक्तदाता दिवस ?
१४ जुनमा यो दिवस मनाउनुको खास कारण छ । वैज्ञानिक कार्ल ल्यान्डस्टेनरले रक्त समूह प्रणाली पत्ता लगाएका थिए । उक्त योगदानका लागि कार्ल ल्यान्डस्टेनरलाई १९३० को नोबेल पुरस्कार प्रदान गरियो। रक्तदाता दिवस वैज्ञानिक कार्ल ल्यान्डस्टेनर प्रति समर्पित छ, जसको जन्मदिन १४ जुन हो ।
विश्व रक्तदाता दिवसको थिम
हरेक वर्ष रक्तदाता दिवसको एउटा विशेष थिम हुन्छ । विश्व रक्तदाता दिवस – २०२३ को नारा Give blood, give plasma, share life, share often हो ।
प्रतिक्रिया