बिहान खाली पेट अलैची खानुका फाइदै फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८२, बिहीबार ०६:००

काठमाडौं। आजकल उच्च रक्तचाप (हाई ब्लड प्रेशर) समस्या धेरै सामान्य भइसकेको छ। यसलाई नियन्त्रणमा राख्न धेरै मानिसहरूले औषधिसँगै घरेलु तथा प्राकृतिक उपाय पनि अपनाउने गरेका छन्। अलैची एक यस्तो मसला हो, जसले स्वाद मात्र होइन, रक्तचापलाई सन्तुलित राख्न पनि मद्दत गर्छ।

यसको धेरै फाइदा रहेको आयुर्वेदमा उल्लेख गरिएको छ । नेपालमा अलैचीको उत्पादन हुने गरेको छ । हेर्दा सानो हुने अलैचीको काम भने ठूलो छ । यसले खोकी, दम, पिसाब पोल्ने समस्यामा फाइदा पुर्याउँछ । यसले मुटु र गलाको मलिनतालाई टाढा राख्छ । मुटुलाई बलियो बनाउँछ ।

अमेरिकी नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार, अलैचीमा पाइने एन्टिअक्सिडेन्टहरूले शरीरका नसाहरूलाई स्वस्थ राख्छन्। यसमा हुने डाइयुरेटिक गुणका कारण शरीरबाट अतिरिक्त पानी र विषालु तत्व बाहिर निकाल्न सजिलो हुन्छ। यसरी पानीको मात्रा नियन्त्रणमा रहँदा रक्तचाप पनि सामान्य रहन्छ। नियमित रूपमा अलैची सेवन गर्नाले मुटुसम्बन्धी धेरै समस्या कम गर्न सकिन्छ।

अलैचीमा टरपिनिन, जेरानिल एसेटेट, जेरानिओल, बोरनेओल र सिट्रोनेलोल जस्ता रासायनिक तत्व पाइन्छन्। यी तत्वहरूले रगतका नलीहरूलाई आराम दिने र रक्तसंचारलाई सहज बनाउने काम गर्छन्। यसरी अलैचीलाई उच्च रक्तचाप नियन्त्रण गर्ने केही औषधिहरूसँग तुलना गर्न सकिन्छ। यसमा पाइने पोटासियम, म्याग्नेसियम, भिटामिन बीवान, बीसिक्स र भिटामिन सी ले शरिरको अतिरिक्त बोसो पगाल्ने गर्दछ । त्यस्तै यसमा पाइने फाइबर र क्याल्सियमले पनि तौललाई नियन्त्रणमा राख्छ ।

अलैचीले पाचन प्रणालीलाई बलियो बनाउँछ। यसले खाना सजिलै पचाउन मद्दत गर्ने मात्र होइन, पेटमा हुने भारीपन पनि कम गर्छ। यसैगरी, यो सासलाई ताजा राख्न, शरीर सुन्निएको घटाउन र खराब कोलेस्ट्रोल कम गर्न प्रभावकारी मानिन्छ।

पत्थरी भएकाले अलैची खाँदा फाइदा पुग्छ । यसले पत्थरीलाई फुटाउन सहयोग पुग्छ । अलैचीले जन्डिस, पिसावजन्य रोग, छाती पोल्ने, पेट दुखाई, दम र जोर्नीको दुखाई भएमा अलैंचीको सेवन लाभकारी हुन्छ ।

अलैचीले कपालको जरा बलियो हुन्छ त्यसकारण कपाल झर्न रोकिन्छ । यसले कपाललाई कालो र चायामुक्त पनि बनाउँछ ।

प्रतिक्रिया