सुनचाँदीको मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०८२, आईतवार १३:२७

काठमाडौँ | नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया