काठमाडौं । सिन्धुली फर्केको हायु परिवारका पाँच सदस्यले काम सुरु गरेका छन्। परिवारका बालबालिका पनि विद्यालय पनि भर्ना भएका छन्।
गोलञ्जोर-६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठले उनीरूपलाई कामको व्यवस्था गरिदएका हुन्। साउन ९ गते शुक्रबार आफ्नो थातथलो नै छोडेर पोखरा पुगेको हायु परिवारलाई ११ दिनपछि श्रेष्ठले फिर्ता ल्याएर आफ्नै पुरानो घरमा राखेका थिए।
वडाध्यक्षले श्रेष्ठले हायु परिवारका दुई छोरा र दुई छोरीलाई सोही गाउँको मिनरल वाटर कम्पनीमा काम लगाइदिएका छन्। उनीरूपको तलब खान बस्नसहित १० हजार प्रतिव्यक्ति रहेको श्रेष्ठको भनाइ छ।
यसैगरी एक छोरालाई चाहिँ खानबस्नसहित १५ हजार पाउनेगरी होटलमा काम लगाइदिएका छन्। परिवारका पाँचजना बालबालिकालाई अध्यक्षले गणेश प्राथमिक विद्यालयमा भर्ना गरिदिएका छन्। आमा उर्मिलालाई भने श्रेष्ठले घरवरिपरि तरकारी खेती र कुखुरा पालन गर्न भनेका छन्।
जेठो छोरालाई भने सो स्थानमा एम्बुलेन्स चलाउने काम दिनेबारे सल्लाह भइरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। विवाहित छोरी-ज्वाइँ भने आआफ्नै घर फर्केका छन्।
हायु परिवारको अस्थायी बासस्थान वडा अध्यक्षको घर भए पनि छिटै उनीहरूका लागि घर बनाइदिने श्रेष्ठको भनाइ छ। दसैँपछिबाट यसको सुरुवात गर्ने उनी बताउँछन्।
प्रतिक्रिया