काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक मृत भेटिएका छन्। बेलकोटगढी नगरपालिका-१२ सातबिसे घर भई बेलकोटगढी १० पोखरीथोकमा रहेको वरदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय एकराम सिलवाल मृत भेटिएका हुन्।
आफ्नै घर नजिकै रहेको ढुंगा माटोले बनेको जस्ताले छाएको २ तले गोठमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरेर देवीघाटसित त्रिशूली नदी किनारामा अन्तिम संस्कार गरिएको प्रहरीले जनाएको छ ।
शिक्षण पेसामा झण्डै तीन दशक बिताएका सिलवालका पत्नी, दुई छोरा र एक छोरी रहेका छन्।
प्रतिक्रिया