प्रदेश सरकारले बढायाे पैतृक सम्पत्तिमा कर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०८२, सोमबार ०६:०४

काठमाडाैं। कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ। आथिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो।

मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर रु ३० लाखसम्मको थैली अंक जिरो दशमलव दुई प्रतिशत, ३० लाखदेखि दुई करोडसम्मको थैली अंकमा जिरो दशमलव तीन प्रतिशत र दुई करोडभन्दा माथिको थैली अंकमा जिरो दशमलव पाँच प्रतिशत राजस्व तोकिएको थियो।

चालु आथिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा ३० लाखसम्मको थैली अंकमा एक दशमलव पाँच प्रतिशत, ३० लाखदेखि दुई करोड थैली अंकमा दुई प्रतिशत र दुई करोडदेखि माथिको थैली अंकमा दुई दशमलव पाँच प्रतिशत पुर्‍याइएको छ।

Shree Steel
यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा ३० लाखसम्मको एक प्रतिशत, ३० लाखदेखि दुई करोडसम्मको थैली अंकमा एक दशमलव पाँच प्रतिशत र दुई करोडभन्दा माथिको थैली अंकमा दुई प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिए।

शत्प्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन्। छायानाथ रारा नगरपालिका–२ चैन गाउँका नवराज चौलागाईंले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताए।

प्रतिक्रिया