रायोको सागमा अत्यधिक मात्रामा विषादी,खान अयोग्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०८२, बुधबार ११:५९

काठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ८०.९५९० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । दोलखाबाट ईश्वर भारतीले ल्याएको रायोको सागमा अर्गानोफस्फेट नाम विषादी ८० प्रतिशतभन्दा बढी भेटिएको हो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रतिक्रिया