काठमाडौँ । छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई ४५ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
अदालतले ती अभियुक्तलाई ७ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठको बुधबारको इजलासले थाहा नगरपालिका-१ का ३४ वर्षीय बाबुले १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
जिल्ला अदालत मकवानपुरले हाडानाता पर्नेलाई बलात्कार गरेको अभियोगमा २५ वर्ष र बालिकालाई जबरजस्ती करणी गरेकोतर्फ २० वर्ष कैद गरी ४५ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया