काठमाडौँ । स्कुलमा पछिल्लो समयमा विद्यार्थीहरुको चाप बढे सगै बुढानिलकण्ठ निवासी सामाजिक अभियान्ता सुशील लामिछाने तथा मुकुन्द,मोहन,बुद्धिसागर,प्रदिम्न,बृहस्पति लामिछाने द्वारा आफ्नो बुबा संस्थापक अध्यक्ष स्व केदार प्रसाद लामिछानेको स्मृतिमा गणेश मा वि मा खाजा खाने भाडा को सम्पूर्ण सेट हस्तान्तरण गर्नु गर्नुभएको छ। यो सहयोग विद्यालयका बालबालिकालाई प्रत्यक्ष रूपमा लाभ हुने विश्वास लिइएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच लामिछाने परिवार बुढानिलकण्ठ नगरपालिका वडा २ वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ सामाजिक अभियन्ताहरु विद्यालयका अन्य शिक्षक–शिक्षिका, विद्यार्थी र स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
खाजा खाने भाडा हस्तान्तरणपछि सुशील लामिछाने बालबालिकाको स्वास्थ्य र आहार व्यहारमा गम्भीर भएर आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्तगर्नुभएको थियो । प्रधानाध्यापक साहले यस सहयोगले विद्यार्थीहरूलाई खाजा खान सहज हुने प्रतिक्रिया दिए।
बुढानिलकण्ठ नगरपालिका वडा २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले समाजसेवी सुशील लामिछानेद्वारा गरिएको यस कार्यलाई सामाजिक उत्तरदायित्वतर्फको प्रेरणादायी पहल भन्दै प्रशंसा गरेका थिए । यस प्रकारको सहयोगले विद्यालयमा सकारात्मक वातावरण साथै स्वास्थ्य र आहार व्यहारमा सहयोग पुर्याएको बताउनुभयो ।
प्रतिक्रिया