काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित हातेमालो टोलको सडक माननीय प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाको विशेष पहलमा प्रदेश सरकारको १५ लाख रुपैयाँ बजेट विनियोजन गरी ढलान गरिएको छ।
सडक निर्माण कार्य हाल तीव्र गतिमा भइरहेको छ। यही क्रममा माननीय छिरिङ दोर्जे लामा, वडा नं. ९ का अध्यक्ष राजिव थापा, वडा सदस्यहरू तथा अन्य स्थानीय प्रतिनिधिहरूले निर्माण स्थलको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमन टोलीले सडक ढलानको प्रगति, गुणस्तर र निर्माणको काम समयमै सम्पन्न हुने विषयमा निरीक्षण गरेको छ।
प्रतिक्रिया