बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०८२, सोमबार ११:१७

धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन् ।

कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

slot gacor