काठमाडौँ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै बुढानिलकण्ठ निवासी समाजसेवी मिलन श्रेष्ठले बुढानिलकण्ठ नगरपालिका वडा २ स्थित गणेश माध्यामिक विद्यालयलाई १२ थान पंखा सहयोग गर्नुभएको छ। गर्मीबाट राहत प्रदान गर्ने उद्देश्यले गरिएको यो सहयोग विद्यालयका बालबालिकालाई प्रत्यक्ष रूपमा लाभ हुने विश्वास लिइएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच समाजसेवी मिलन श्रेष्ठले विद्यालयका प्रधानाध्यापक मिमकाजि श्रेष्ठलाइ पंखाहरु हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा २ वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ सामाजिक अभियन्ता सुशील लामिछाने विद्यालयका अन्य शिक्षक–शिक्षिका, विद्यार्थी र स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति थियो।
पंखा हस्तान्तरणपछि प्रधानाध्यापक साहले यस सहयोगले विद्यार्थीहरूलाई गर्मीमा अध्ययन गर्न सहज हुने प्रतिक्रिया दिए। समाजसेवी मिलन श्रेष्ठले बालबालिकाको स्वास्थ्य र सिकाइप्रति गम्भीर भएर आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्तगर्नुभएको थियो । श्रेष्ठले भने केहि दिन अगाडी वडा अध्यक्षसंग बिद्यार्थी कार्यक्रममा मा पनि गएको थिए गर्मीको चापले पढ्न असहज भएको भनेर विद्यार्थीले गुनासो राखेका देखेर तेतिबेलानै व्यक्तिगत रुपमा पंखा सहयोग गर्ने प्रतिबद्दता जनाए अनुसार आज पंखा सहयोग गरेको जानकारी दिनुभयो।
बुढानिलकण्ठ नगरपालिका वडा २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले समाजसेवी मिलन श्रेष्ठद्वारा गरिएको यस कार्यलाई शिक्षा र सामाजिक उत्तरदायित्वतर्फको प्रेरणादायी पहल भन्दै प्रशंसा गरेका थिए । बढ्दो गर्मीको परिस्थितिमा यस प्रकारको सहयोगले विद्यालयमा सकारात्मक वातावरण निर्माणमा सहयोग पुर्याएको छ।
प्रतिक्रिया