बुढानिलकण्ठ नगरपालिकामा बालबालिकाहरुमा हुन सक्ने चोटपटक सम्बन्धि Baseline Risk Assessment को नतिजा सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०८२, शुक्रबार ०६:४८

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकामा बालबालिकाहरुमा हुन सक्ने चोटपटक सम्बन्धि Baseline Risk Assessment को नतिजा सार्वजनिक गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाको आयोजनामा भएको सो कार्यक्रममा सामुदायिक विध्यालयमा अध्यनरत विध्यार्थीहरुमा हुन सक्ने चोटपटकका बारेमा गरिएको अध्ययनको बारेमा निलु शर्माले प्रस्तुतीकरण गरेकी थिइन।
नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीको अध्यक्षता तथा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरमा रहेका सामुदायिक विध्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु सहित स्वास्थ्यकर्मिहरुको सहभागीता रहेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल , शिक्षा , युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह ,बुढानिलकण्ठ नगर अस्पतालका प्रमुख डा. सुधाम्शु झा लगायतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत उपमा दाहालले गरेकी थिइन।

प्रतिक्रिया