काठमाडौं। सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध सम्बन्धि जनचेतनामुलक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
बुढानिलकण्ड नगरपालिका सूचना प्रबिधि शाखाको आयोजनामा गरेको र्कायक्रमको सहजीकरण बोष्टर मिडियाले गरेको थियो भने ग्राम शिक्षा माध्यामिक बिध्यालयका प्रिन्सिपल रुद्र कोइरालाको सभाअध्यक्ष संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित बिक्रम शिंहको उपस्थितिमा बुढानिलकण्ठ नगरपालिकाका शिक्षा शाखाको स्रोत व्यक्ति जय कुमार श्रेष्ठ , शिक्षक, पत्रकार, बुदीजीबी, बिध्यार्थीहरु सहित १३५ जनाको सहभागीको उपस्थिति रहेको थियो ।
बिगत १० बर्ष देखि सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक साइबर ब्युरोका बरिष्ठ सहि बिरेन्द्र शिंह धामीको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गर्नुभएको थियो । सामाजिक सञ्जालमा नचिनेको व्यक्तिसँग कुराकानी नगर्ने, लेखपढका लागि, नयाँ जानकारीका मोवाइल, ल्यापटप लगायतका सामाग्रीको उपयोग गरौँ, अरूले विदेश लाने, महङ्गो मोवाइल किन्दिनेलगायतका लोभ देखाउँदा विश्वास नगरौं, आफ्नो दाजुदिदी, आमाबुवासँग लुकेर गर्नुपर्ने कुनै पनि कुरा गलत हुन् भन्दै विद्यार्थीलाई साइवर अपराधबारे जानकारी दिनुभयो ।
सामाजिक संजाल दुरुपयोग र यसको नकारात्मक प्रयोगबाट भोग्नु पर्ने क्षति एवं सजायको बिषयमा बुढानिलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललित बिक्रम शिंहले बिद्यार्थीहरुलाई सजग रहन आग्रह समेत गर्नुभएको थियो ।
सहभागी हरुले यस प्रकारको कार्यक्रमले मानिसमा सचेतनाको विकास हुने र समाजमा हुने अपराधिक क्रियाकलापमा न्युनीकरण हुने विश्वास ब्यक्त गर्दै नगरपालिकाका अतिरिक्त बडा स्तरमा, नागरिक स्तरमा र नियमित रुपमा यस प्रकारका प्रभावकारी कार्यक्रम संचालन गर्न सके साइवर सुरक्षाको महत्व झन् बढेर जाने सुझाव समेत प्राप्त भएको थियो । सूचना प्रविधि क्षेत्रमा एक दशक देखि सक्रिय बोष्टर मिडियाको सहजीकरणमा सचालन भएको कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिका वडा ११ स्थित ग्राम शिक्षा माध्यामिक बिध्यालयमा राखिएको थियो । कार्यक्रममा १२५ जना बिद्यार्थीसहितको उपस्थितिमा भब्य रुपमा समापन गरिएको थियो ।
प्रतिक्रिया