बुढानिलकण्ठ नगरपालिका वडा नं. २ मा बिद्यार्थीसंग वडा अध्यक्ष कार्यक्रम भब्य रुपमा सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८२, बुधबार १५:३१

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं. २  को आयोजना र शुभम मल्टिमिडियाको सहजीकरणमा  बिद्यार्थीसंग  वडा अध्यक्ष कार्यक्रम  सम्पन्न भएको छ।

असार ४   गते बुधबार  गणेश माध्यमिक विद्यालयको सभाहलमा १३० जना  विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम वडा अध्यक्ष राजेन्द्र  श्रेष्ठको  प्रमुख आतिथ्यमा स्कुलका प्रिन्सिपल मिमकाजि  श्रेष्ठ को सभा अध्यक्षमा भएको कार्यक्रममा सहजकर्ता  पत्रकार मुकुन्द ढुंगाना,समाजसेवी मिलन श्रेष्ठ , शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

गणेश माध्यमिक विद्यालयको सह  प्रधानाध्यापक गोमा श्रेष्ठले स्वागत मन्तब्य  राख्नुभएको  थियो भने कार्यक्रमको उद्घाटन ब्यानर पढेर प्रमुख अतिथिले गर्नुभएको थियो ।

कार्यक्रममा  कार्यक्रम वडा अध्यक्ष राजेन्द्र  श्रेष्ठलाइ बालबालिकाले २५ भसहजकर्न्दाता  बढी प्रश्न गरेका थिए। बुढानिलकण्ठ नगरपालिका वडा नं. २    ले  युवा तथा विद्यार्थीको  लागि नव प्रबर्दन कार्यक्रम के के छन् ?  विकाश निर्माण,खेलकुद, रोजगारी, फोहोरमैला,स्कुलका भवन ,वडाले प्रदान गर्ने सेवा लगाएत बिषयमा विद्यार्थीहरुले प्रश्न गरेका थिए ।

विद्यार्थीहरुले राखेका प्रश्नको जवाफ वडा अध्यक्षले  विद्यार्थीहरुको सवालमा रहेर सम्पूर्ण प्रश्नको उतर वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले दिनुभएको थियो  । विद्यार्थीहरुले लागु औषध प्रयोगको न्यूनीकरण, बाल श्रम निषेध, विपन्न बालबालिकालाई विद्यालय भर्ना तथा पढाई निरन्तरता दिन समस्या रहेको र बालिकाले विद्यालय छोडने गरेको, अभिभावकले बालबालिकाका क्रियाकलापमा ध्यान नदिएको, बालबालिकाको क्षेत्रमा बजेट विनियोजन प्रकृया, बालदिवस, बालिका आत्मरक्षा, बाल मनोपरामर्शका साथै जोखिममा रहेका बालबालिकाको सुरक्षा बारेमा सहजकर्ता तथा पत्रकारले  जिज्ञासा राखेका थिए ।

विद्यार्थीहरुको  जिज्ञासाको जवाफ दिदै वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले बजेट निर्माणमा विद्यार्थीहरुका सवालमा गम्भीरता पुर्वक योजना तय गरिएको, लागुऔषध, बालविवाह, बालश्रमलाई राज्यले पनि निषेध गरेको बताउँदै छिट्टै  कार्ययोजना बनाई लागू गरिने बताउनु भएको थियो  ।अध्यक्ष  श्रेष्ठले रोजगार  बिकासको लागि बिद्यार्थीसंग  वडा अध्यक्ष कार्यक्रम  नगरपालिकाको पहिलो कार्यक्रम वडाले सुरुवात गरेको समेत घोषणा गर्नुभएको थियो ।

वडा आगामी दिनमा  विद्यालय तथा समुदाय तहमा अभिभावकलाई समेटेर जनचेतनामुलक कार्यक्रम गर्ने गरेको साथै बालबालिकाको लागि आत्मरक्षा र हिंसा विरुद्धको सचेतना कार्यक्रम संचालन गर्ने  बताउनुभयो । साथै बिध्यार्थिलाई हौसला दिदै आगामी सि को रिजल्टमा गणेश माध्यमिक विद्यालयका विद्यार्थीले  ४ जिपीए लेराउने बिध्यार्थिलाई व्यक्तिगत रु ५०००० नगद दिइने घोषणा वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा  पत्रकार मुकुन्द ढुंगानाले  मोबाइल प्रविधिको गलत प्रयोग र देखासिकीले विद्यार्थीहरु कुलत, कुसंस्कार र असामाजिक क्रियाकलापमा संलग्न भएको पाइएको उल्लेख गर्दै असल अभिभावकत्वको अभाव रहेको बताएका थिए ।

बिद्यार्थीसंग  वडा अध्यक्ष कार्यक्रम  ३ घण्टासम्म संचालन भएको कार्यक्रम संचालन मुकुन्द ढुंगानाले  गर्नुभएको थियो  भने  सहजीकरण शुभम मल्टिमिडियाले गरेको थियो । वडा अध्यक्ष कार्यक्रममा बिध्यार्थीहरुको गर्मीको मौसमले क्लासमा बस्न नसक्ने अवस्था आएको गुनासोलाइ मध्यनजर गर्दै समाजसेवी मिलन श्रेष्ठले १० ओटा फ्यान आफुले व्यक्तिगत रुपमा स्कुललाई सहयोग गर्ने बचन दिनुभएको थियो ।

कार्यक्रमको समापन स्कुलका प्रिन्सिपल मिमकाजि  श्रेष्ठले गर्नुभएको  थियो । श्रेष्ठले बिद्यार्थीसंग  वडा अध्यक्ष कार्यक्रम एकदमै प्रभावकारी भएको र आगामी बर्षमा यो कार्यक्रम सहित विद्यार्थीको लागि अन्य कार्यक्रम समेत वडाले राख्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया