गोकर्णेश्वर नगरपालिका वडा नं. ८  मा उद्यमशिलता बिकासको लागि बिद्यार्थीसंग  वडा अध्यक्ष कार्यक्रम भब्य रुपमा सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८२, शुक्रबार ११:१३

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८  को आयोजना र शुभम मल्टिमिडियाको सहजीकरणमा  उद्यमशिलता बिकासको लागि बिद्यार्थीसंग  वडा अध्यक्ष कार्यक्रम  सम्पन्न भएको छ।

जेठ ३०  गते शुक्रबार  जया मल्टिपल क्याम्पसको  सभाहलमा १५० जना  विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम वडा अध्यक्ष नन्दलाल श्रेष्ठको  प्रमुख आतिथ्यमा वडा सदस्य सुमन लामाको सभाअध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य चन्द्रलाल श्रेष्ठ, जया मल्टिपल क्याम्पसका प्रधानाध्यापक भवानी प्रसाद पौडेल,पत्रकार मुकुन्द ढुंगाना,शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

जया मल्टिपल क्याम्पसका प्रधानाध्यापक भवानी प्रसाद पौडेलले  स्वागत मन्तब्य  राख्नुभएको  थियो भने कार्यक्रमको उद्घाटन ब्यानर पढेर गरिएको थियो ।

कार्यक्रममा  वडा अध्यक्ष नन्दलाल श्रेष्ठलाइ बालबालिकाले २५ भन्दा बढी प्रश्न गरेका थिए। गोकर्णेश्वर नगरपालिका वडा नं. ८   ले उद्यमशिलता बिकासको लागि नव प्रबर्दन कार्यक्रम के के छन् ?  विकाश निर्माणका काम ,वडाले प्रदान गर्ने सेवा लगाएत बिषयमा विद्यार्थीहरुले प्रश्न गरेका थिए ।

विद्यार्थीहरुले राखेका प्रश्नको जवाफ वडा अध्यक्ष सहित वडा जनप्रतिनिधिले समेत विद्यार्थीहरुको सवालमा रहेर सम्पूर्ण प्रश्नको उतर वडा अध्यक्ष नन्दलाल श्रेष्ठले दिनुभएको थियो  । विद्यार्थीहरुले लागु औषध प्रयोगको न्यूनीकरण, बाल श्रम निषेध, विपन्न बालबालिकालाई विद्यालय भर्ना तथा पढाई निरन्तरता दिन समस्या रहेको र बालिकाले विद्यालय छोडने गरेको, अभिभावकले बालबालिकाका क्रियाकलापमा ध्यान नदिएको, बालबालिकाको क्षेत्रमा बजेट विनियोजन प्रकृया, बालदिवस, बालिका आत्मरक्षा, बाल मनोपरामर्शका साथै जोखिममा रहेका बालबालिकाको सुरक्षा बारेमा सहजकर्ता तथा पत्रकारले  जिज्ञासा राखेका थिए ।

विद्यार्थीहरुको  जिज्ञासाको जवाफ दिदै वडा अध्यक्ष नन्दलाल श्रेष्ठले बजेट निर्माणमा विद्यार्थीहरुका सवालमा गम्भीरता पुर्वक योजना तय गरिएको, लागुऔषध, बालविवाह, बालश्रमलाई राज्यले पनि निषेध गरेको बताउँदै छिट्टै  कार्ययोजना बनाई लागू गरिने बताउनु भएको थियो  ।अध्यक्ष  श्रेष्ठले उद्यमशिलता बिकासको लागि बिद्यार्थीसंग  वडा अध्यक्ष कार्यक्रम  नगरपालिकाको पहिलो कार्यक्रम वडा ८ ले सुरुवात गरेको समेत घोषणा गर्नुभएको थियो ।

वडा सदस्य सुमन लामाले  विद्यालय तथा समुदाय तहमा अभिभावकलाई समेटेर जनचेतनामुलक कार्यक्रम गर्ने गरेको साथै बालबालिकाको लागि आत्मरक्षा र हिंसा विरुद्धको सचेतना कार्यक्रम संचालन गर्दै आइरहेको  बताउनुभयो ।
कार्यक्रममा  लामाले मोबाइल प्रविधिको गलत प्रयोग र देखासिकीले विद्यार्थीहरु कुलत, कुसंस्कार र असामाजिक क्रियाकलापमा संलग्न भएको पाइएको उल्लेख गर्दै असल अभिभावकत्वको अभाव रहेको बताएका थिए ।

उद्यमशिलता बिकासको लागि बिद्यार्थीसंग  वडा अध्यक्ष कार्यक्रम  ३ घण्टासम्म संचालन भएको कार्यक्रम संचालन गणेश धितालले गर्नुभएको थियो  भने  सहजीकरण शुभम मल्टिमिडियाले गरेको थियो । कार्यक्रमको समापन वडा सदस्य चन्द्रलाल श्रेष्ठले गर्नुभएको थियो । श्रेष्ठले उद्यमशिलता बिकासको लागि बिद्यार्थीसंग  वडा अध्यक्ष कार्यक्रम एकदमै प्रभावकारी भएको र आगामी बर्षमा यो कार्यक्रम सहित विद्यार्थीको लागि अन्य कार्यक्रम समेत वडाले राख्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन जया मल्टिपल क्याम्पसको सभा हलमा भएको थियो ।

       

प्रतिक्रिया

slot gacor