टोखामा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०८२, बुधबार ०६:०५

काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । त्यस्तै सोही समूहका थप दुई जना कारोबारी पनि पक्राउ परेका छन् । उनीहरूलाई भने गोली लागेको छैन ।

उनीहरूलाई नियन्त्रणमा लिनेक्रममा दुई प्रहरी पनि घाइते भएका छन् । लागु औषध कारोबारको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।

प्रतिक्रिया

slot gacor