अधिवक्ता त्रिपाठीद्वारा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, वन मन्त्रालय र उद्योग मन्त्रालयविरुद्ध रिट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०८२, मंगलवार ०५:२३

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन् । अधिवक्ता त्रिपाठीले आइतबार रिट दायर गरेका हुन् ।

उनले बजेटको बुँदा ८७ ले अदालतको अवहेलना गरेको दाबी गरेका छन् । उनले अवहेलनाको कसुरमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । यस रिटमाथि आजको लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply