पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापा को निर्वाचन समीक्षा बैठकका क्रममा ढलेपछि निधन भएको छ।
एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्य का अनुसार मणिपाल मेडिकल कलेज ले उपचारका क्रममा थापाको मृत्यु भएको घोषणा गरेको हो।
निर्वाचन समीक्षा कार्यक्रममा बोल्नेक्रममै कुर्सीमा बसेकै अवस्थामा थापा अचानक ढलेका थिए। उनलाई बैठक स्थलबाट करिब १० मिनेटभित्रै मणिपाल मेडिकल कलेज पुर्याइएको थियो।
अस्पताल पुग्दा उनको श्वासप्रश्वास चलिरहेको जस्तो देखिए पनि केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रतिक्रिया