काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको “विद्यालयमा पोषण तथा सरसफाइको महत्व” बिषयक वकृत्वकलामा श्री बाल उद्धार माविकी यान्सु तामाङ प्रथम भएकी छन् ।
वकृत्वकलामा नगरपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सबैभन्दा बढी अंक प्राप्त गरेर यान्सुले प्रथम स्थान हासिल गरेकी हुन् । वडा नम्बर १ गागलस्थित बाल उद्धारकी यान्सुले १ सय ५० अंकमा १ सय २२ अंक ल्याएकी हुन् ।
प्रतियोगितामा काँडाघारीस्थित गान्धी आदर्श माविकी एलिसा अधिकारी १ सय २२ अंकसहित द्दितीय भएकी थिइन् भने थलीस्थित कान्ति भैरव माविकी सजना ढकाल १ सय १६ अंकसहित तृतीय भएकी हुन् ।
प्रतियोगितामा क्रमसः प्रथम हुनेले नगद एक हजार र प्रमाणपत्र, द्दितीय हुनेले नगद ७ सय र प्रमाणपत्र, तृतीय हुनेले नगद ५ सय र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त पुरस्कार नगरप्रमुख उपेन्द्र कार्कीले हस्तान्तरण गरेका हुन् ।
प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, स्वास्थ्य शाखा प्रमुख तुलजा लामा र सन्ध्या भट्ट रहेका थिए ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले विद्यार्थीमा भएको वकृत्वकला र पोषण सम्बन्धि ज्ञानलाई मिश्रण गरेर यस्तो कार्यक्रम राखेको बताए । उनले स्वास्थ्य जीवनमा दैनिक खानपानलाई सन्तुलित र पोषणयुक्त बनाएर कसरी खाने र त्यसबाट कसरि स्वास्थ्य बन्ने र त्यसको प्रचारप्रसार गर्नु नै कार्यक्रमको मुख्य उदेश्य रहेको बताए । विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखी आफुहरुले विद्यालय स्वास्थ्य सेवा सुरु गरेको जानकारी दिए ।
प्रतियोगितामा नेपाल राष्ट्रिय निर्माण मावि, कान्ति भैरव मावि, सिद्धि गणेश मावि, गान्धी आदर्श मावि, बाल विकास मावि, तेजविनायक मावि, बाल उद्धार मावि, बाल राष्ट्रिय मावि, आदर्श मावि र आनन्द भैरव माविको सहभागिता रहेको थियो ।
प्रतिक्रिया