पुरुषमा हुने प्रोस्टेट क्यान्सर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०८२, शुक्रबार ०५:५४

एजेन्सी

मेडिकल जर्नल ल्यान्सेटको पछिल्लो रिपोर्ट अनुसार, विश्वव्यापी रूपमा प्रोस्टेट क्यान्सरका घटनाहरूमा वृद्धि हुनेछ । ल्यान्सेटले यस रिपोर्टमा २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केसहरू १४ लाख थिए, जुन २०४० मा बढेर २९ लाख हुनेछ भनिएको छ ।

यो पनि भनिएको छ कि ११२ देशहरूमा पुरुषहरूमा सामान्य क्यान्सर छ र सबै क्यान्सरका केसहरूमध्ये १५ प्रतिशत प्रोस्टेट क्यान्सर हो । २०२० मा, विश्वभर प्रोस्टेट क्यान्सरबाट ३७५,००० पुरुषहरूको मृत्यु भयो, र २०४० सम्ममा यी मृत्युहरू ८५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो पुरुषहरूमा क्यान्सरबाट हुने मृत्युको पाँचौं कारण मानिएको छ ।

प्रोस्टेट के हो ?

प्रोस्टेट पुरुषको प्रजनन प्रणालीको भाग हो र मूत्राशयमुनि रहेको हुन्छ । यो अखरोटको आकारको हुन्छ, तर उमेरसँगै यो बढ्न थाल्छ । ४५–५० वर्षको उमेरपछि पुरुषमा प्रोस्टेट सम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन् तर यसको मतलब यो क्यान्सर हो भन्ने होइन । चिकित्सकरूले पहिले परीक्षण गर्न सल्लाह दिन्छन् । जाँचपछि नै क्यान्सर हो होइन यकिन गर्छन् ।

रोग को लक्षण

चिकित्सकहरूका अनुसार पीएसए लेभल व्यक्तिको उमेरमा भर पर्छ । अमेरिकी सरकारको आधिकारिक वेबसाइट, नेशनल क्यान्सर इन्स्टिच्युटको अनुसार, पीएसए स्तर सामान्य वा असामान्य हुन सक्छ । पहिले, ४.० लन्m िवा तल सामान्य मानिन्थ्यो । तर यो भन्दा कम स्तरमा प्रोस्टेट क्यान्सर निस्किएको र १० लन्m िभन्दा बढी हुनेमा यो देखा नपरेको बताइएको छ ।

–बारम्बार पिसाब गर्नु

–रातमा सुस्त प्रवाह हुनु

–पिसाबमा रगत आउनु

यदि, शरीरमा फैलिएमा यस्तो लक्षण देखिन्छ

–ढाड र हाडमा दुख्न थाल्ने

–हाड भाँचिनु

आनुवंशिक रोग

चिकित्सकहरू भन्छन् कि क्यान्सर एक वंशाणुगत रोग हो, अर्थात् तपाईको परिवारमा कसैलाई क्यान्सर भएको छ भने अन्य सदस्यलाई क्यान्सर हुने सम्भावना हुन्छ ।
यदि परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर छ भने, परिवारका पुरुष सदस्यहरूले ४५ वर्षको उमेर पछि प्रत्येक दुई वर्षमा पीएसए स्क्रिनिङ गराउनुपर्छ ।

प्रतिक्रिया