काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा ८ ले वृहत् र्याली सहित सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा ८ को आयोजना र बोष्टर मिडियाको सहजिकरणमा आज जेठ २२ गते बिहान ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा'” Beat Plastic Pollution” अर्थात् प्लास्टिक प्रदूषण विरुद्ध लागौँ भन्ने अर्थ लाग्दछ । विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ ।
काठ हैन रुखलाई माया गर्न सिकाऔँ । रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ । भन्ने उदेश्यका साथ मनाइने यस कार्यक्रमको प्रमुख अथिति गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको उपस्थिति र वडा ८ का अध्यक्ष नन्दलाल श्रेष्ठको सभापतिमा भएको कार्यक्रममा वडा सदस्य सुमन लामा चन्द्रलाल श्रेष्ठ वडा सचिब सुदिप हमाल र वडाका सम्पूर्ण कर्मचारीको उपस्थित रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि सहित महिला समुह ,क्लब ,संघ सस्था,पत्रकार,कलाकार,समाजसेवी,वडाबासि, शिक्षक र बिद्यार्थी सहित २०० जनाको उपस्थितिमा नारा सहित छहारी क्लब देखि सुरु भएको प्रभातफेरी नेपाल मेडिकल कलेज हुदै वडामा सचेतना सहित समापन गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राख्नुभयो । लामाले भन्नुभयो नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ । वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै वडा ८ का अध्यक्ष नन्दलाल श्रेष्ठले आम जनताको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक र नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न, वातावरण नीति र कानूनले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न साथै समग्र पृथ्वी, वातावरण र पर्यावरणको संरक्षण, सन्तुलन र दिगो व्यवस्थापनका लागि प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपभोगलाई न्यूनीकरण गर्दै नियन्त्रण गर्नका लागि हामी सबैलाई जागरुक गराउन उत्साह प्रदान गरोस् भन्ने उदेश्यले यो कार्यक्रम राखिएको बताउनुभयो ।
विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।
प्रतिक्रिया