काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बाँके जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।
सीआईबीको टोलीले जेठ १७ मा उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । बैंकको करिब २६० करोड रकम हिनामिनामा राय संलग्न देखिएका छन् ।
त्यसबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी दानबहादुर थापा सहितको टिमलाई बाँके पठाइएको छ । अनुसन्धान पुरा गरेर बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिने एसपी खड्काले जानकारी दिए ।
प्रतिक्रिया