अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक लगाएका छन् । विश्वविद्यालयलाई लेखिएको चिठीमा विश्वविद्यालयको स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम रोक्ने भनिएको छ। सो कार्यक्रम होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले निगरानी गरेको थियो।
सो चिठी अनुसार हार्वर्डलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएसँगै एक विश्वविद्यालयबाट अर्को स्थानान्तरण हुन पनि आप्रवासी नभएको पुष्टि गर्नुपर्नेछ।
ट्रम्प प्रशासनले विद्यार्थी भर्ना मात्र रोकेको छैन अहिलेका विद्यार्थीहरूले समेत कानुनी मान्यता गुमाउने र उनीहरूले स्थानान्तरण गर्नुपर्ने बताएको छ ।
हार्वर्डले भने ट्रम्प प्रशासनको उक्त कदमलाई गैरकानुनी भनेको छ । विश्वविद्यालयको तथ्याङ्क अनुसार, गत शैक्षिक वर्षमा ६,७०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू यस संस्थामा भर्ना भएका थिए, जुन कुल विद्यार्थी संख्याको २७% हो । हार्वर्डले भनेको छ- हार्वर्डमा १४० भन्दा बढी देशबाट विद्यार्थीहरू आउँछन् । हामी विदेशी विद्यार्थी र स्कलर्सहरूको भर्ना दिने आफ्नो योग्यता कायम राख्नका लागि पूर्ण रूपमा प्रतिबद्ध छौँ ।
प्रतिक्रिया