काठमाडौं। काठमाडौंको शंखरापुरमा यही जेठ १४ देखि २५ गतेसम्म महायज्ञ हुने भएको छ । महायज्ञ समितिका अनुसार सोही अवसरमा शंखरापुर नगरपालिका-५, इटाखेलमा नेपालआमा श्रीमन्दिरको उद्घाटन पनि हुनेछ ।
श्रीमुक्तिनाथ बाबा भनिने कमलनयनाचार्यको जन्मनक्षत्रोत्सवको अवसमा निर्मित मन्दिरको उद्घाटन हुने आयोजक समितिले जनाएको छ ।
महायज्ञको कार्यक्रम अनुसार पूर्वसन्ध्यामा जेठ १३ गते बिहान ११ बजेदेखि मोटरसाइकल र्याली, १४ गते गोपूजन, देवलीला झाँकीसहित कलश यात्रा, मन्दिर उद्घाटन, १५ गते मुक्तिनाथ बाबाको ६०औं जन्मनक्षत्रोत्सव, १५ देखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण प्रवचन तथा नेपाल महत्म्य कथा हुनेछ । यसैगरी, अन्तिम दिन २५ गते सवा तीन करोड दीप प्रज्वलन, महापूणर्णाहुति र महाअभिषेक हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया