राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८२, बुधबार ०५:४४

काठमाडौँ । सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गरेको हाे ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिबारे छलफल भएको थियो । अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी रहेको बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।

त्यस लगत्तै अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिको बैठकले प्रा. डा. पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

नियुक्तिकै विषयलाई लिएर सरकार नै फेरबदल हुन सक्ने चर्चासमेत चलेको थियो ।

चितवनका पौडेल गत संसदीय निर्वाचनमा चितवन क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार बनेर तेस्रो भएका थिए। यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए, जसबाट राजीनामा दिएर संसदीय राजनीतिमा गएका थिए ।

प्रतिक्रिया