पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०८२, शुक्रबार ०५:२३

काठमाडौं।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा १ र डिजेल-मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरले मूल्य घटाइएको हो । घटेको मूल्य आज राति १२ बजेबाट लागु हुने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया