पोखरा जाँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०८२, बिहीबार ०५:४४

काठमाडौं । धादिङबाट पोखराको लागि छुटेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ८६३० नम्बरको हाइस गाडी पोखराको लामेआहालमा दुर्घटनामा परेको हो । उक्त गाडीमा ११ जना सवार रहेकोमा ८ जना घाइते भएको बताइएको छ ।

मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना रहेको र अन्यको नाम खुल्न बाँकी रहेको बताइएको छ । घाइतेहरुमध्ये ३ जना उपचारपश्चात डिसचार्ज भइसकेका छन् ।

प्रतिक्रिया