काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रविरुद्ध आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइने भएको छ । मिश्रलाई यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको थियो ।
सातौं पटक म्याद थपका लागि अदालत उपस्थित गराइएका मिश्रलाई आपराधिक उपद्रवमा पनि मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको हो । गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रम हिंसात्मक बन्दा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले व्यक्तिगत घर, व्यवसाय स्थल र सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।
मिश्र चैत १५ गते राति नै पक्राउ परेका थिए । आपराधिक उपद्रवमा पनि अनुसन्धान सुरु गरिएकोमा मिश्रले इजलासमै आपत्ति जनाएका थिए ।
प्रतिक्रिया