घुस रकमसहित एक कर्मचारी अख्तियारको नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०८२, बिहीबार ०६:२८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई अख्तियारले घुस सहित पक्राउ गरिएको कार्यालय प्रमुख विनीता भट्टराईले बताईन् ।

अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरबाट घुससहित नियन्त्रणमा लिइएको भट्टराईले बताईन् । पक्राउ परेका बानीयाँमाथि थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया