अस्पतालको भवन बनाउँदा दुई करोड भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८२, सोमबार ०६:१५

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै ९ जना र ठेकेदार कम्पनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित ९ जना र लुम्बिनी–मिसन जेभीमाथि सार्वजनिक सम्पत्ति नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको हो। अख्तियारले प्रतिवादीसँग १ करोड ८४ लाख बिगो दाबी गरेको छ।

अन्य प्रतिवादीमा शहरी विकास तथा भवन कार्यकलय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर म. सकुर अन्सारी, अस्पतालका नासु शुशीलप्रसाद यादव र तत्कालीन लेखापाल सुदीपकुमार माझी, मूल्यांक समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी रहेका छन्।

ठेकेदार कम्पनी मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देश तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मा र लुम्बिनी मिसन जेभी छन्।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७–७८ मा भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउनुपर्ने काममा ठेकेदारसँगको मिलेमतोमा एउटा मात्र प्रतिस्पर्धी लक्षित गरी ठेक्का सम्झौता भएको थियो।

प्रतिक्रिया

slot gacor