गोकर्णेश्वर नगरपालीका जनजाती समितिको अगुवाइमा उद्यमशीलता प्रोत्साहन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०८२, शुक्रबार ०७:३८

काठमाडौँ । उद्यमशीलता प्रोत्साहन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गोकर्णेश्वर नगरपालिका माकलबारी वडा ८ स्थित जया मल्टीपल क्याम्पसको सभा हलमा सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालीकाको आयोजना र गोकर्णेश्वर नगरपालीका जनजाती समितिको सहजीकरमा गोकर्णेश्वर नगरपालीका जनजाती समितिको संयोजक फुर्साग लामा तमागंको संघिय सांसद माननीय सन्तोष चालिसेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिसेष अतिथि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिका खेलकुद संयोजक संजय लामा, स्थानीय समाजसेवी शिक्षा समिति सदस्य भवानी पौडेल,युवा नेता शम्भु प्रसाद अधिकारी,माधब खनाल विभिन्न पेशा¸ उद्यम र व्यवसायमा संलग्न महिला उद्यमी व्यवसायीहरू सहित बिद्यार्थीको सहभागितामा उद्यमशीलता प्रोत्साहन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

उद्यमशीलता प्रोत्साहन सम्बन्धि अभिमुखिकरण कार्यक्रम उद्यमशीलता विकासका लागि नेपाल सरकारकाले कार्यान्वयनमा ल्याएका विभिन्न नीति तथा कार्यक्रमहरूका साथै उद्यम¸ व्यवसाय सञ्चालनको सन्दर्भमा भोग्नुपरेका कठिनाइ र चुनौतीका विषयमा समेत विस्तृत छलफल भएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाबाट उद्यमीहरू लगायत विभिन्न पेशा र व्यवसायमा संलग्न करिब जना २०० जनाको सहभागिता रहेको थियो ।

संघिय सांसद माननीय सन्तोष चालिसेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आर्थिक रूपमा सशक्तीकरण गर्न आर्थिक स्रोत साधन र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने, सीप र इलम सिकाई उत्पादनशील काममा आबद्ध गर्नुपर्ने तथा उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको उचित बजारीकरण गर्नुपर्ने खाँचो रहेको कुरा औँल्याउनुभयो। घरभित्रदेखि घरबाहिरसम्मको बहुमुखी भूमिका निर्वाह गर्नुपरिरहेको सन्दर्भमा उद्यमशीलताको विकासले  जीवनलाई सहज र सम्मानित बनाउन सहयोग पुग्ने कुरा उहाँले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालीका जनजाती समितिको सहजीकरमा गोकर्णेश्वर नगरपालीका जनजाती समितिको संयोजक फुर्साग लामाले उद्यमशीलताको विकासका लागि नगरपालिकाको तर्फबाट के कस्ता पहलहरू हुन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा उद्यमीहरूबाट राय सुझाव समेत सङ्कलन गर्ने उद्देश्यले उद्यमशीलता विकासको लागी यो कार्यक्रम राखेको कुरा बताउनुभयो ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिकाकाका समाजसेवी माधब खनालले धेरै महिला उद्यमी व्यवसायीहरूको उद्यम व्यवसाय बन्द भई बेरोजगार बस्नुपर्ने स्थितिमा पुगेकोले उनीहरूको पुनःस्थापना र पुनरुत्थानका लागि सम्बन्धित क्षेत्रले प्राथमिकताका साथ सहुलियतपूर्ण कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक कुमार रिसालले उद्यमी महिलाहरुका लागि नेपाल सरकारले कार्यान्वयनमा ल्याएका नीति तथा विभिन्न व्यवस्थाहरुको बारेमा जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले आधुनिक सीप र प्रविधिको ज्ञान दिएर आयआर्जनको कार्यमा बढी भन्दा बढी मात्रामा संलग्न गराई आत्मनिर्भर बनाउन खाँचो रहेको कुरा औँल्याउनुभयो आगामी कार्यक्रम उद्यमशिलता तर्फ केन्द्रित हुने समेत बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले उद्यमशीलतालाई प्रवर्द्धन गर्न नेपाल सरकार तथा वाणिज्य बैङ्कहरूले विभिन्न नीति तथा कार्यक्रमहरू लागू गरेता पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, अझै पनि उद्यमीहरूले विना धितो सरल रूपमा कर्जा प्राप्त गर्न कठिनाइ रहेको, उत्पादित वस्तुको बजारीकरणमा समस्या रहेको, साना तिना उद्यम व्यवसाय गर्न इच्छुक महिलाहरूलाई स्थानीय तहमा सहुलियत र सुविधा प्राप्त गर्न कठिनाइ रहेको¸ सहुलियतको वितरण न्यायोचित ढंगले हुन नसकेको¸ महिलाको सीप र आधुनिक प्रविधिमा सहज पहुँच स्थापित हुन नसकिरहेकोले यसलाई सबै मिलेर सम्बोधन गर्नुपर्ने खाँचो रहेको कुरा औँल्याउनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले जबसम्म आर्थिक रूपमा आफैँ आत्मनिर्भर हुन सक्दैनन् तबसम्म उनीहरू अन्य क्षेत्रमा अघि बढ्न नसक्ने तथा समाजका अरू गतिविधिहरूमा कम मात्रामा मात्र सहभागी हुनसक्ने भएकोले अब राजनीतिक अधिकारसँगसँगै महिलाको आर्थिक विकासलाई पनि राज्यले प्राथमिकता दिएर अघि बढ्नुपर्ने सुझाव राख्नुभयो ।
व्यक्तिगत, साझेदारी, सहकारी तथा सामूहिक प्रयासबाट उद्यमशीलता वा व्यवसायको विकास गर्न सकिन्छ । स्थानीय स्तरमा उपलब्ध, स्रोत, साधन, पुँजी तथा प्रविधिको उपयोगको साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न सकिन्छ । पर्यावरणीय सहित उद्यमशीलता पनि अबको आवश्यकता हो । मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारी भएर अबको युवाहरूले उद्यमशीलतामा लाग्नु पर्छ । अघि बढौँ यो युग हाम्रो हो । भन्ने बिषयमा केन्द्रित रहेर कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको शुरुमा जया मल्टीपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागी सबैलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको जनजाती समितिका सचिबले गर्नुभएको थियो । सहभागी २०० जनालाई प्रमाणपत्र स्टेशनरी र खाजाको ब्यबस्था गरिएको थियो ।

 

प्रतिक्रिया