सुनको मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०८२, बुधबार ११:०८

काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार यसको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया